अपडेट : दाङ तुलसीपुरमा भएको दुर्घटनामा घाईते मध्य थप एकको मृत्यु

कार्तिक १५, दाङ । दाङ तुलसीपुरमा बुधबार हाइस र अटो एकापसमा ठोक्कीदा भएको दुर्घटनमा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–१६ का अनिसा चौधरीको बिहिबार लखनउमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।

नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा २ ख ३९५९ नम्बरको हाइस र तुलसीपुरबाट पुकार पसलतिर गइरहेको रा १ ह ३५४९ नम्बरको अटो ठोक्कीदा अटोमा सवार आमा छोरीको निधन भएको हो । दुर्घटनामा परी तुलसीपुर–१६ निबासी लक्ष्मी चौधरीको बुधबार नै मृत्यु भएको हो । आमा लक्ष्मीको बुधबार घटनास्थलमै र छोरी अनिसाको उपचारका क्रममा बिहिबार (आज) भारतको लखनउमा निधन भएको हो ।
यस्तै दुर्घटनामा परी गम्भिर घाइते ईश्वरीप्रसाद बस्नेतको पनि लखनउमा उपचार भइरहेको छ भने अर्का घाइते प्रबिण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस