उपनिर्वाचनको लागी शाझा पार्टीले दाङमा उमेदवार घोषणा गर्‍यो

उपनिर्वाचनको चटारोले दाङ पनि तातीएको छ । यसैबीच , साझा पार्टीले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन गईरहेका उपनिर्वाचनकालागि उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले सोही क्षेत्रमा उम्मेदवारकालागि समाजसेवी शिब चौधरीलाई उम्मेदवार घोषणा गरेको हो ।

साझा पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्र, प्रदेश नं. ५ का संयोजक अनुपमान सैंजु, प्रदेश नं. ६ का संयोजक गेहेन्द्र दहाल, जिल्ला संयोजक मधुसुदन केसीले उपनिर्वाचनकालागि उम्मेदवारको घोषणा गरेका हुन् ।

शनिबार दंगीशरण गाउँपालिकाको हेकुलीमा कार्यक्रम गरि उम्मेदवार घोषण गरिएको पार्टीले जनाएको छ ।संगठन बिभाग प्रमुख बिनोद न्यौपानेले जानकारी दिए । उम्मेदवार टुंगो लागिसकेकाले चुनाब प्रचारप्रसारको काम शुरु भईसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस