कांग्रेसका उरहरी सभापति नेकपामा प्रवेश

तुलसीपुर,७ मंसिर, नेपाली कांग्रेसका पूर्व सभापति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस उरहरीका पूर्व सभापति तथा विकास प्रेमी नेता वीरबहादुर बस्नेत नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको तुलसीपुर उपमहागनरपालिका–१२ का वडाध्यक्ष श्याम डाँगीले जानकारी दिए । चुनावी प्रचार प्रसार कार्यक्रम अन्र्तगत नेकपाले आज बेलगनारमा गरेको कार्यक्रममा बस्नेत सहित दर्जनौ कांग्रेसका कार्यकर्ताहरु प्रवेश गरेका हुन । कार्यक्रमलाई नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्का, तलसीपुर उपमहागनरपालिका मेयर घनश्याम पाण्डे लगाएतले सम्बोधन गरेका थिए ।
साभार http://www.tulsipurkhabar.com/archives/24769

प्रतिक्रिया दिनुहोस