ठगी आरोपमा कर्मचारी पक्राउ

काठमाडौं । किर्ते गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई पक्राउ परेका हुन् । कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट गत पुस ९गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाइ रकम निकाली फरार भएका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको कोठा खानतलासी गर्दा १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस