चीनमा कोरोना भाईरस बाट मर्नेको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित

काठमाडौं । छिमेकी मुलुक चीनमा नोवेल कोरोना भाइरसका कारण मर्नेको संख्या १३२ पुगेको छ । कोरोनाबाट ६ हजार भन्दा संक्रमित भएका छन् । चीनका अधिकारीहरुले मृतक र संक्रमितको उल्लेखित संख्या पुष्टि गरेका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको थियो । कोरोना त्यसपछि अन्य मुलुकमा समेत देखिन थालेको छ । अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहित १६ राष्ट्रमा कोराना फैलिइसकेको छ । त्यसप्रति नेपालमा समेत सजकता अपनाइएको छ ।

चीनमा महामारीको रुप लिएको कोरोनाप्रति सबै सचेत हुनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको स्वास्थ्य आपतकाल सम्बन्धी कार्यक्रमले यस्तो चेतावनी दिएको हो । डब्लुएचओका डा. माइक रायनले नोवेल कोरोना भाइरसविरुद्ध चीनले गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको छ ।

चुनौति गम्भीर रहे पनि चीनले गरेको प्रयास सकारात्मक रहेको उहाँले बताउनु भयो । कोरोना भाइरसको संक्रमणका सम्बन्धमा छलफल गर्न डब्लुएचओको बैठक बिहीबार बस्दैछ । बैठकमा संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस