मुर्लीचाेकमा गम्भीर दुर्घटना : एक जनाकाे मृत्यु, ३ घाइते

पर्सा । वीरगञ्जमा गएराति भएको गम्भीर सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मुर्लीचोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु हुनुका साथै ३ जना गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा हुँइकिरहेको बा १५ च ७७७१ नम्बरको स्कार्पियो रेलिङमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । घण्टाघरबाट पावर हाउस जाने क्रममा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बारा जिल्ला, परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुवरीका १६ वर्षीय अकास पटेल रहेका छन् । त्यस्तै, घाइते हुनेमा बारा फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानिघाटका सोनु साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका १८ वर्षीय ओम पुरि रहेको पर्सा प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस