कोरोना भाइरसः विश्वभर ४८ हजार ३ सय बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार ३ सय नाघेको छ भने संक्रमितको संख्या ९ लाख ५२ हजार भन्दा बढी भएको छ ।

यसैबीच गत २४ घण्टामा कोरोना संक्रमणबाट स्पेनमा ९ सय ५० जनाले ज्यान गुमाएको खबर छ । यो सँगै संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

कोरोनाको केन्द्रबिन्दु बनेको अमेरिकामा संक्रमितको संख्या २ लाख १६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ५ हजार १ सय नाघेको छ । यसैगरी, इटलीमा १३ हजार १ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अगत २४ घण्टामा अमेरिकामा ८ सय ८४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा रेल र रंगशालालाई आइशोलेसन कक्षमा परिणत गर्न थालिएको छ । भारतमा कोरोना संक्रमितको संख्या २ हजार ३२ पुग्दा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

यसैगरी, पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय नजिक पुग्दा ३१ संक्रमणबाट ज्यान गुमाएका छन् ।

अफगानिस्तानमा कोरोना संक्रमितको संख्या २ सय ३९ पुग्दा ४ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा संक्रमितको संख्या १ सय ४८ पुगेको छ भने संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा संक्रमितको संख्या ५६ पुग्दा ६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । माल्दिभ्समा हालसम्म १९ जना संक्रमित भेटिएका छन्  भने भुटानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहदा उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस संक्रमण नभएको दाबी गरेको छ । यसैबीच, चीनको सेन्जेन सहरले कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ ।

Read more at: http://radionepal.gov.np/oldsite/news-details/30850/2020-04-02

प्रतिक्रिया दिनुहोस