कोलम्बो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि ऋभथयिल एभतचयभिगm ऋयचउयचबतष्यल ले श्रीलंकाभर इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ। नयाँ दर सोमबार मध्यरातदेखि लागू गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ श्रीलंकाली रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ। त्यस्तै सुपर डिजेल २४ रुपैयाँले बढेर प्रतिलिटर ३५३ रुपैयाँ कायम भएको छ। पेट्रोलतर्फ ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोल २५ रुपैयाँले बढेर प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो। विशेषगरी मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा असर पारेको र त्यसको प्रभाव इन्धन मूल्यमा देखिएको बताइएको छ।
निगमका प्रबन्ध निर्देशक Mayura Neththikumara ले हाल देशमा उपलब्ध इन्धन भण्डार अप्रिल महिनाको अन्त्यसम्मका लागि पर्याप्त रहेको जानकारी दिएका छन्। उनका अनुसार देशको आवश्यकता पूरा गर्न आवश्यक इन्धन खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियामार्फत अर्डर दिइसकिएको छ।
सरकारले दीर्घकालीन रूपमा ऊर्जा आपूर्ति सुनिश्चित गर्न नियमित अनुगमन र व्यवस्थापन योजना अघि बढाएको पनि निगमले जनाएको छ।