टोकियो । जापानी प्रधानमन्त्री Sanae Takaichi को सरकारले अघि बढाएका मिसाइल तैनाथी र घातक हतियार निर्यात सहज बनाउने नीतिविरुद्ध करिब १० हजार प्रदर्शनकारी मध्य टोकियोमा भेला भएका छन्। प्रदर्शनकारीहरूले “युद्ध चाहिँदैन” र “संविधान कुल्चिन बन्द गर” जस्ता प्लेकार्ड बोकेर जापानको शान्तिवादी संविधान धारा ९ पालनमा जोड दिएका छन्।
चिसो मौसमका बाबजुद युवा र नागरिकहरूको ठूलो सहभागितासहित भएको ¥यालीमा सहभागीहरूले राष्ट्रिय डायट भवन बाहिर सामूहिक रूपमा संविधानको धारा ९ पढेर शान्तिप्रतिको प्रतिबद्धता प्रकट गरेका छन्।
प्रदर्शनकारी अया यासुईले भर्खरै Japanese Ministry of Defense द्वारा Kumamoto Prefecture मा लामो दूरीका मिसाइल लन्चर तैनाथ गरिनु चिन्ताको विषय भएको बताइन्। उनीहरूले सरकारको हतियार निर्यात नीति र सैन्य विस्तारविरुद्ध आवाज उठाउँदै जापानको पारंपरिक शान्तिवादी मार्ग कायम राख्न माग गरेका छन्।विश्लेषकहरूका अनुसार यो ¥यालीले शान्तिवादी नीति र संविधानको धारा ९ लाई जनता अझै पनि गम्भीरतासाथ समर्थन गरिरहेको संकेत गरेको छ।