कोलम्बो । श्रीलंका सरकारले अफगानिस्तानसँग यूएईमा आयोजना हुने एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ। शारजहाँमा मार्च १३, १५ र १७ मा ट्वान्टी–२० र मार्च २०, २२ र २५ मा एकदिवसीय शृंखला हुने कार्यक्रम थियो।

श्रीलंकाका अधिकारीले एएफपीसँग भने, “हामीले विमान उडानको स्थिति र त्यस क्षेत्रको द्वन्द्वका कारण आउँदो शृंखला रद्द गर्नुपरेको हो।” यो अफगानिस्तानको श्रीलंकासँगको पहिलो द्विपक्षीय शृंखला हुन लागेको थियो। फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ। इरानले यूएईको दुबईलगायत गल्फ क्षेत्रका ठाँउमा जवाफी आक्रमण गरेपछि त्यहाँबाट उड्ने अधिकांश अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

श्रीलंका क्रिकेटले सोमबार मात्र दक्षिण अफ्रिकाका पूर्व टेस्ट खेलाडी Gary Kirsten लाई आफ्नो प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। उनले अप्रिल १५ देखि लागू हुने गरी दुई वर्षका लागि अनुबन्ध पाएका छन्। क्रिस्टनले भारतलाई २०११ को एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए भने २०११–२०१३ मा दक्षिण अफ्रिकाको पनि प्रशिक्षण गरेका थिए। पूर्व प्रशिक्षक Sanath Jayasuriya ले ट्वान्टी–२० विश्वकपको ‘सुपर एट’ चरण पार गर्न नसकेको कारण राजीनामा दिएका थिए। क्रिस्टनले अब उनको स्थान लिन लागेका छन्।