बैंकक । थाइल्यान्ड सरकारले आफ्नो देशमा कार्यरत इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ।   Thai bulk carrier Mayuri Naree जहाजमा हर्मुज जलडमरु नजिक अज्ञात प्रक्षेप्य लागेर विस्फोट भएको घटनामा यस कदम चालिएको हो।

थाइ न्यूज एजेन्सीका अनुसार राजदूतसँग जहाजमाथि भएको आक्रमणबारे सोधपुछ गरिनेछ। घटनापछि जहाजमा लागेको आगोले गर्दा तीन जना थाई चालक दल सदस्य अझै बेपत्ता छन्। अनुमानअनुसार उनीहरू जहाजको इन्जिन कक्षमा ड्युटीमा रहेका थिए।

अर्का चालक दलका सदस्यहरूले लाइफ बोट प्रयोग गरी जहाज छोडेका थिए। उद्धार टोलीले २० जना चालक दल सदस्यलाई सुरक्षित उद्धार गरेको जनाएको छ।

पछिल्ला दुई दिनमा हर्मुज जलडमरु आसपास कम्तीमा ६ वटा जहाज अज्ञात प्रक्षेप्यको निशाना बनेको छ। इरान र पश्चिमी राष्ट्रबीच युद्ध सुरु भएयता निशानामा परेका जहाजको संख्या १३ पुगेको बताइएको छ।