अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँग जारी युद्धका क्रममा हालसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएको जनाएको छ। पेन्टागनका प्रवक्ता सान पार्नेलका अनुसार घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको छ भने १०८ सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन्।

पेन्टागनका अनुसार आठ सैनिक गम्भीर रूपमा घाइते भएका छन् र उनीहरूलाई उच्चस्तरीय चिकित्सकीय उपचार प्रदान गरिएको छ। युद्ध सुरु भएपछि अमेरिकी सैनिकमा लागेको चोटपटकको यो पहिलो विस्तृत विवरण सार्वजनिक गरिएको हो।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। त्यसको जवाफमा इरानले ड्रोन र मिसाइलमार्फत अमेरिकी तथा सहयोगी देशका सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ।

यस युद्धको क्रममा हालसम्म सात अमेरिकी सैनिकको मृत्यु भएको पनि अमेरिकी सेनाले पुष्टि गरेको छ।