कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा केपी खनाल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्। खनालले चौधरीलाई ७ हजार १०८ मतान्तरले पछि पार्दै जित सुरक्षित गरेका हुन्।
त्यसैगरी नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याएका छन्।
यससँगै कैलालीका अधिकांश क्षेत्रमा रास्वपाको बलियो उपस्थिती देखिएको छ। यसअघि कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–३ बाट जगतप्रसाद जोशी तथा कैलाली–४ र ५ बाट क्रमशः खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भइसकेका छन्।
कैलाली–२ बाट केपी खनाल निर्वाचित