काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावले विश्व ऊर्जा बजार अस्थिर बन्दै गरेको बेला China ले आफ्ना परिष्कृत तेल उत्पादनको निर्यात प्रक्रिया कडाइ गरेको छ। ब्लुमबर्ग न्युजका अनुसार बेइजिङले पेट्रोल, डिजेल र जेट इन्धन जस्ता रिफाइन्ड तेल उत्पादन विदेश पठाउने प्रक्रिया सीमित बनाएको छ। विश्वको दोस्रो ठुलो अर्थतन्त्रका रूपमा चिनियाँ विशाल रिफाइनरी उद्योग मुख्यतया घरेलु बजार आपूर्ति गर्दै आएको भए पनि केही परिष्कृत तेल उत्पादन विदेश पठाउँदै आएको थियो। आधिकारिक भन्सार तथ्याङ्कअनुसार गत वर्ष चीनले करिब ५८ मिलियन टन रिफाइन्ड तेल निर्यात गरेको थियो।
निर्यात रोकथाम र कडा निर्देशन
मध्यपूर्वमा बढ्दो तनावका कारण चीनले पहिले सहमति भएका केही निर्यात कार्गोहरू रद्द गर्न सुरु गरेको छ। ब्लुमबर्गले जानकारी राख्ने तर पहिचान नखुलाइएका स्रोतलाई उद्धृत गर्दै यस कदमलाई अघिल्लो साप्ताहिक मार्गनिर्देशनभन्दा कडा निर्णय भएको उल्लेख गरेको छ। बेइजिङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता न्गय त्तष्बयपगलले यस विषयमा प्रत्यक्ष टिप्पणी गर्न असमर्थता जनाएका छन्। तर उनले चीनले आफ्नो ऊर्जा सुरक्षालाई रक्षा गर्न आवश्यक कदम चाल्ने स्पष्ट संकेत दिएका छन्।
वैश्विक तेल बजारमा असर
अमेरिका र इजरायलबीचको युद्धपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। खाडी क्षेत्रबाट आपूर्ति अवरुद्ध हुने सम्भावनाले मूल्यमा थप दबाब सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले रणनीतिक भण्डारबाट तेल बजारमा ल्याउने घोषणा गरे पनि चीन पूर्ण सदस्य नभएकाले यस निर्णयमा सहभागी हुनु आवश्यक छैन।
विश्लेषकहरूका अनुसार चीनले वर्षौंदेखि तयार पारेको करिब १।२ अर्ब ब्यारेलको स्थल तेल भण्डार छोटो अवधिमा सम्भावित आपूर्ति अवरोध सामना गर्न पर्याप्त छ। यो परिमाण समुद्री मार्गबाट हुने आयातको आधारमा करिब ११५ दिनका लागि पर्याप्त मानिन्छ।
रणनीतिक तयारी
गत वर्ष मुद्रास्फीतिका कारण चीनले आफ्ना रणनीतिक भण्डारबाट केही तेल बजारमा ल्याएको थियो। तर हालको मध्यपूर्व तनावबीच चिनियाँ प्रशासनले नयाँ कदमको घोषणा अझै गरेको छैन।विशेषज्ञहरूका अनुसार चीनले यस कदममार्फत आन्तरिक आपूर्ति सुनिश्चित गर्दै विश्व ऊर्जा बजारको अस्थिरताबाट हुने जोखिम कम गर्न रणनीतिक पूर्वतयारी गर्दै आएको देखिन्छ।