झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा देखिएका छन् भने केपी शर्मा ओली फराकिलो मतान्तरले पछाडि परेका छन्।
अहिलेसम्म ६२ हजार मत गणना हुँदा बालेन शाहले ३९ हजार २८४ मत प्राप्त गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने १० हजार २९३ मत मात्रै पाएका छन्। हालसम्म बालेन र ओलीबीच २८ हजार ९९१ मतको फरक देखिएको छ। मतगणना अझै जारी रहेको छ।
यसअघिको प्रतिनिधिसभा निर्वाचन २०७९ मा भने ओलीले यही क्षेत्रबाट ठूलो मतान्तरले विजय हासिल गरेका थिए। उक्त निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए। त्यसबेला ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए।
झापा–५ मा कुल १ लाख ६३ हजार मतदाता रहेका छन्। बाँकी मत गणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
झापा–५ मा बालेन शाह अगाडि, केपी शर्मा ओली फराकिलो मतान्तरले पछाडि