मस्को ।  विश्वभर ऊर्जा सङ्कट चुलिँदै गएको र इरानमा युद्ध जारी रहेको संवेदनशील अवस्थामा अमेरिकी राष्ट्रपतिडोनाल्ड र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच सोमबार टेलिफोन वार्ता भएको छ। यस वर्ष यी दुई नेताबीच भएको यो पहिलो वार्ता हो।

वार्तामा मुख्य रूपमा इरानमा जारी युद्ध, युक्रेनमा शान्तिको सम्भावना तथा विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धि सम्बन्धी विषयमा छलफल भएको जनाइएको छ। इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि Strait of Hormuz जलमार्ग बन्द हुँदा विश्व ऊर्जा आपूर्ति प्रभावित भएको छ। यसले सन् २०२२ मा Russian invasion of Ukraine पछि देखिएको भन्दा ठूलो ऊर्जा सङ्कट विश्व अर्थतन्त्रमा उत्पन्न गरेको विश्लेषण गरिएको छ।

फ्लोरिडास्थित आफ्नो गल्फ क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुटिनसँगको वार्ता “फलदायी” भएको बताएका छन्। ट्रम्पका अनुसार पुटिनले इरान सम्बन्धी समस्या समाधानका लागि सहयोग गर्न इच्छा व्यक्त गरेका छन्। जवाफमा ट्रम्पले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गरेर अझ ठूलो योगदान दिन आग्रह गरेको बताए।

यसैबीच राष्ट्रपति पुटिनले इरानमाथिको युद्धले विश्व ऊर्जा बजारलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएका छन्। उनले खाडी क्षेत्रबाट हुने तेल ढुवानी कुनै पनि बेला अवरुद्ध हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे। साथै युरोपेली देशहरू दीर्घकालीन सहकार्यका लागि तयार भए रुसले पुनः ग्यास र तेल आपूर्ति गर्न सक्ने सङ्केत समेत दिएका छन्।

मध्यपूर्वको द्वन्द्वका कारण तेल आपूर्तिमा आएको अवरोधलाई सम्बोधन गर्न ट्रम्प प्रशासनले रुसमाथि लगाइएका केही कडा प्रतिबन्धहरू खुकुलो बनाउने विषयमा गम्भीर विचार गरिरहेको बताइएको छ। विश्व बजारमा तेलको अभाव कम गर्न रुसी तेललाई पुनः बजारमा आउन दिने तयारी अमेरिकाले गरेको हो।

यस अन्तर्गत भारतजस्ता देशहरूले अमेरिकी दण्ड वा अतिरिक्त शुल्कको डर बिना रुसी तेल किन्न पाउने गरी विशेष सहुलियत दिनेबारे पनि छलफल भइरहेको छ। गत हप्ता मात्रै अमेरिकाले भारतलाई समुद्रमा ट्याङ्करमा रहेको रुसी कच्चा तेल अस्थायी रूपमा खरिद गर्न अनुमति दिएको थियो।

रुसी विदेश नीति सल्लाहकार युरी उसाकोभले उक्त वार्ता निकै अर्थपूर्ण रहेको र यसले दुई देशबीचको भावी कार्यदिशामा व्यवहारिक महत्त्व राख्ने बताएका छन्। उनका अनुसार ट्रम्प पनि युक्रेन युद्धमा तत्काल युद्धविराम र दीर्घकालीन समाधानको पक्षमा देखिएका छन्।

रुसी सेना युक्रेनमा अगाडि बढिरहेको अवस्थामा किभले अब वार्ताको बाटो रोज्नुपर्ने धारणा रुसको रहेको पनि बताइएको छ।