भक्तपुर । केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आज भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पिताको निधनपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका छन्।

दिवङ्गत मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।