काठमाडौँ ।  सुडानको दक्षिण कोर्डोफान राज्यमा राहत सामग्री बोकेको गाडीको लस्करमाथि ड्रोन आक्रमण हुँदा कम्तीमा तीन जना राहतकर्मीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सुडान डक्टर्स नेटवर्कले दिएको जानकारीअनुसार, आक्रमण अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० र यसको सहयोगी सुडान पिपल्स लिबरेश मुभमेन्ट–नर्थले गरेको हो। बिहीबार कार्ताला क्षेत्रमा खाद्यान्न र मानवीय सहायता बोकेका ट्रकहरू कादुग्ली र डिलिङ शहरतर्फ जाँदै गर्दा निशाना बनाइएको बताइएको छ।

सुडान डक्टर्स नेटवर्कले सामाजिक सञ्जालमा जारी वक्तव्यमा यो “अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन” भएको उल्लेख गरेको छ। नेटवर्कका अनुसार, एक महिनाभित्र राहतकर्मीहरूलाई निशाना बनाएको यो दोस्रो घटना हो। यसअघि अल–रहाद शहरमा संयुक्त राष्ट्रसंघको सहायता बोकेको गाडीमा पनि गोलाबारी गरिएको थियो। सडक र सुरक्षित मार्गमा मानवीय सहायता वितरण सुनिश्चित गर्न र दोषीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र मानवअधिकार निकायलाई तुरुन्त दबाब सिर्जना गर्न संस्थाले आग्रह गरेको छ।

यो घटना सुडानमा जारी भीषण गृहयुद्धको क्रममा भएको हो। अप्रिल २०२३ देखि सरकार समर्थित सुडानिज आर्म्ड फोर्सेज ९एसएएफ० र आरएसएफबीिच सत्ता नियन्त्रणको लागि युद्ध जारी छ। यस संघर्षमा हजारौँको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। विश्लेषकहरूले राहत सामाग्री बोकेको सवारी साधनमा दोहोरिँदै आएका आक्रमणले मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएका छन्।