सुनसरी । कुनै बेला वामपन्थीको गढ मानिएको सुनसरी–१ यतिबेला फेरि राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ। धरानका मेयर हर्कराज राईले स्वतन्त्र पृष्ठभूमिबाट ‘श्रम संस्कृति पार्टी’ गठन गरी उम्मेदवारी दिएपछि यस क्षेत्रको प्रतिस्पर्धा थप रोचक बनेको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारले कडा चुनौती दिएको यो क्षेत्रमा एमालेको समर्थन पाएका जसपा नेता अशोक राई विजयी भएका थिए। यस पटक भने नेकपा ९एमाले० एकल प्रतिस्पर्धामा उत्रिएको छ भने नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू पनि चुनावी अभियानमा सक्रिय छन्।
‘सकसपूर्ण तर उत्साहजनक’ अभियान
एमाले उम्मेदवारका अनुसार चुनावी अभियान चुनौतीपूर्ण भए पनि यस पटक गठबन्धन नभएकाले प्रतिस्पर्धा स्पष्ट र उत्साहजनक बनेको छ। “चुनाव कहिल्यै सहज हुँदैन, मतदाताको मन जित्नुपर्छ,” उनले भने, “तर यस पटक सिङ्गल प्रतिस्पर्धा भएकाले मैदान स्पष्ट छ। उनका अनुसार मतदाता उत्साहित देखिएका छन् र मत विभाजनको सम्भावना रहे पनि अन्तिम परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरे।
चौतर्फी प्रहार बीच एकता
एमालेमाथि विभिन्न दल र समूहबाट आलोचना भइरहेको स्वीकार्दै उम्मेदवारले यस्तो अवस्थामा पार्टी पंक्ति झन् एकताबद्ध भएको दाबी गरे। “बाहिरी र आन्तरिक चुनौतीका बीच पार्टी एकढिक्का भएको छ,” उनले भने, “सुनसरी–१ मा अभूतपूर्व एकता देखिएको छ।”
नयाँ दलतर्फ आकर्षणरु
नयाँ दल र विकल्पतर्फ मतदाता आकर्षित भइरहेका रिपोर्टबारे प्रश्न गर्दा उनले सबै दलका मतदाता नयाँ खोजीमा देखिए पनि सुनसरी–१ मा आ–आफ्ना दलले उम्मेदवार उठाएकाले आधार मत सुरक्षित रहने तर्क गरे। एमालेको बलियो सङ्गठन नै हाम्रो जितको आधार हो,” उनले भने, “विगतमा संघ र प्रदेश दुवै तहमा हामीले सङ्गठनकै बलमा सफलता पाएका हौँ ।
विकास र पर्यटन प्राथमिकतामा
मत माग्दा विगतका कामलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याइरहेको बताउँदै उनले सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्ने एजेन्डा अघि सारे। निर्वाचन जितेपछि धरान र बराहक्षेत्रलाई भावनात्मक तथा भौतिक रूपमा जोड्ने योजनालाई प्राथमिकता दिने उनले बताए। धार्मिक पर्यटनमार्फत क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्ने र लेउती–धरान सुरुङ मार्ग आयोजनालाई अघि बढाउने उनको मुख्य एजेन्डा रहेको छ।
उनले उक्त आयोजनाले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न र सहरलाई आर्थिक रूपमा पुनर्जीवित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। सुनसरी–१ मा यस पटक बहुदलीय प्रतिस्पर्धा, नयाँ शक्ति र पुराना दलबीचको भिडन्त तथा स्थानीय विकास एजेन्डाले चुनावलाई थप रोचक बनाएको छ। अब मतदाताको अन्तिम निर्णयले नै यहाँको राजनीतिक दिशालाई निर्धारण गर्नेछ।