ज्वरो आउँदा शरीर कमजोर हुन्छ र खाना खाँदा मन नलाग्नु सामान्य हो। विशेषज्ञका अनुसार, भोक नलागे पनि थोरै–थोरै र झोलिलो खानेकुरा खान आवश्यक हुन्छ, जसले शरीरलाई संक्रमणसँग लड्न ऊर्जा दिन्छ। साथै, हामी प्रायः भोक नलागी खाना खानु, हतारमा खाना खाँदा, चपाउन नपुग्दा, मीठो धेरै खाने र खाना खाँदै मोबाइल/टीभी हेर्नेजस्ता गल्तीले पाचनमा असर पार्छ र स्वास्थ्य जोखिम बढाउँछ।

के हुन्छ ? जब खान मन नहुँदा नहुँदै पनी हामी खाना खान्छौं
शरीरमा कुनै भाइरल संक्रमण, ब्याक्टेरियाको संक्रमण र कुनै चोटपटक लागेर ज्वरो आउँदा खान मन नलाग्ने, खाए पनि नरुच्ने हुन्छ । यस्तो बेला जबर्जस्ती खान हुन्छ कि हुँदैन ? धेरैको मनमा यो प्रश्न आउन सक्छ । एमडी इन्टरनल मेडिसिन डा. निमेश पौडेलका अनुसार ज्वरो आउँदा धेरैजसोलाई खाना नरुच्नु सामान्य हो । ज्वरो दुई किसिमको संक्रमणले हुन्छ, ब्याक्टेरिया र भाइरल इन्फेक्सन,’ । ‘भाइरल इन्फेक्सनमा झन् बढी खाना नरुच्ने हुन्छ ।’
कलेजोमा इन्जाइम अर्थात् एएसटीको वृद्धिले पनि खाना नरुच्ने हुन्छ । पाचन प्रक्रियामा सहयोग गर्न यसको महत्वपूर्ण भूमिका हुने डा. पौडेल बताउँछन् । ‘यसमा समस्या हुँदा खाना नरुच्ने हुन्छ । यदि कलेजो स्वस्थ छ भने खाना मज्जाले रुच्छ,’।
त्यसो भए ज्वरो आउँदा खान मन नलागे पनि खाने कि नखाने त ?
‘यसबेला चिकित्सकले खाना खानुस् भनेरै जोड दिइरहेका हन्छन । किनकि यसबेला खाना खाएन भने झन् कमजोर भइन्छ,’ ‘यसले अन्य जटिलता हुने सम्भावना हुन्छ । तर बिरामीको अवस्था हेरेर खाना खानुपर्छ । जस्तै ज्वरोसँगै कब्जियत पनि भएको छ भने ठोस खानेकुरा खानुभन्दा पनि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खाएर पेट सफा राख्न जरुरी हुन्छ ।’
ज्वरो आएको बेला एकैपटक धेरै खानुभन्दा थोरै–थोरै गरेर समय–समयमा खानु राम्रो हुने उनी बताउँछन् । ‘तर चिल्लो, दूध, खसीको मासु वा धेरै पोटिनयुक्त खानेकुरा खानु हुँदैन । यसले पेट फुल्ने, वाकवाकी लाग्ने हुन सक्छ,’ डा. पौडेल भन्छन्, ‘त्यसैले फाइबरयुक्त खानेकुरा हरियो सागपात, झोलिलो खानेकुरा, फलफूल, ड्राइफुड र पानी प्रशस्त मात्रामा खाँदा लाभदायक हुन्छ ।’
ज्वरो आएको बेला खाना नखाँदा रोगप्रतिरोधी क्षमता बढ्न पाउँदैछ । त्यसैले खाना धेरै नरुचे पनि खान’पर्छ । ‘खाना खाएर केही बेफाइदा हुँदैन, बरु खाएन भने बेफाइदा हुन्छ । जस्तै खाना धेरै समय नखानाले शरीरमा सुगरको लेभल घट्ने, प्रेसरको औषधि खाइरहेको छ भने ब्लड प्रेसर कम हुन्छ,’ । ‘त्यस्तै झन् कलेजोको बिरामी भएमा त खाना अनिवार्य खानैपर्छ । खाना खाएन भने शरीरमा सुगरको लेभल अचानक कम भएर मानिसको मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ ।’
एउटा भनाइ छ कि भोक नलागी खाना खाँदा त्यसले शरीरमा फाइदा भन्दा पनि बेफाइदा गर्छ । यसरी खाएको खाना पच्दैन । त्यसो भए ज्वरो आएको बेला भोक नलागे पनि वा खाना खान मन नलागेको खाएको खान पच्छ कि पच्दैन ?
पोषणविद् प्रणिती सिंहका अनुसार ‘स्वस्थ भएको बेलामा भोक नलागे पनि खाएको खाना पचाउन गाह्रो हुन्छ । खाएको अनुसार व्यायाम गरेको छ भने पचाउन सकिन्छ । तर खाएर सुत्ने वा केही नगरी बसेमा पचाउन सक्दैन । तर ज्वरो आएको बेला यो भनाइ लागू हुँदैन । यसबेला खाना खान मन नलागे पनि खाएको खाना पच्छ ।’ तर ज्वरो आउँदा ठोसभन्दा झोलिलो खानेकुरा खान उनी सुझाउँछिन् । ‘यसबेला शरीरको सबै शक्ति संक्रमणसँग लड्नमा प्रयोग भइरहेको हुन्छ । यस्तो बेला खाना खाएन भने ग्यास्ट्रिकको समस्या, शरीर कमजोर भएर अन्य रोग निम्त्याउने सम्भावना बढी हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले ज्वरो आएको बेला जबर्जस्ती थोरै मात्रामा भए पनि खाना खानैपर्छ ।

खाना खाँदा हामीले गर्ने ७ गल्ती जसले हाम्रो शरीरमा नराम्रो असर नीम्त्याइरहेको छ
भोक नलागी खाने बानी
प्रायः हामी भोक नलाग्दै खाना खाइदिन्छौं । अर्थात् टेबल अघिल्तिर खाना आइपुग्दा पनि हामीलाई खाने रुचि जागिसकेको हुँदैन । कुनै पनि खानेकुरा खानका लागि हामीलाई भोक लागेको हुनुपर्छ । खानाप्रति रुचि जागेको हुनुपर्छ । जब हामीलाई खानामा रुचि जाग्छ, तब शरीरमा केही यस्ता रसायन उत्पादन हुन्छन् जसले पचाउनमा सहयोग गर्छ । 
त्यसो भए भोक नै जागेन भने ?
पोषणविद अनुश्री आचार्यका अनुसार भोक जाग्नुको अर्थ खानाप्रति रुचि जगाउनु पनि हो । यसका लागि त अनेक तरिका हुन सक्छ । खानेकुरालाई स्वादिलो देखाएर, बास्नादार बनाएर पनि खानाप्रति रुचि जगाउन सकिन्छ ।
खानुअघि वा खाना खाइरहँदा पानी पिउने
अधिकांशको बानी खाना खानुअघि वा खाना खानेक्रममा पानी पिउने हुन्छ । पानी पिउने बित्तिकै खाना खाँदा वा खाँदै पानी खाने बानीले पाचन प्रक्रियालाई असर गर्छ । पानीको दबाबले खानेकुरालाई राम्रोसँग पच्न नदिई सिधै मलद्वारतर्फ धकेल्छ । फलस्वरूप ग्यास, पेट दुख्ने जस्ता समस्या सुरु हुन्छ । खानासँगै पानी पिउँदा खानामा रहेको पोषक तत्व पानीमा घुल्छ र पिसाबसँगै बाहिर निस्किदा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन ।
रिस र तनावमा खाने
रिस र तनाव वा कुनै कुराको त्रासमा हुँदा खाना खानु उचित मानिंदैन । किनभने खाना खाइरहँदा उक्त खानामा रुचि हुनुपर्छ र त्यसको स्वाद लिनुपर्छ भनिन्छ । तर तनावमा वा रिसाएको स्थितिमा हामीले के खाइरहेका छौं भन्ने पनि हेक्का हुँदैन । यसले अनावश्यक तौल बढ्नेदेखि दीर्घरोग लाग्ने खतरा बढाइदिन्छ ।
राम्ररी नचपाउने
पचन प्रक्रियाको सुरुवात नै मुखमा दाँतहरुले राम्रोसँग खानेकुरा चपाएर सुरु हुन्छ । खाना चपाउँदा त्यो सानो टुक्रा हुन्छ । जब ¥याल यी साना टुक्राहरूसँग मिसिन्छ, थप प्रसोधनको लागि पेटमा जान्छ । भागदौडले हिजोआज खाना नचपाइ छिटो निल्ने बानी धेरेको हुन्छ । खानेकुरा पर्याप्त मात्रामा नचपाइ निल्दा पाचन प्रणाली भ्रमित हुन्छ र शरीरले खानालाई टुक्राउन आवश्यक पर्ने इन्जाइम उत्पादन गर्दैन । फलस्वरूप खानेकुराको राम्रोसँग स्वाद लिन सकिंदैन र खानेकुरा राम्रोसँग टुक्रिंदैन । जसले आन्द्रामा जीवाणु उत्पन्न हुने, पेट दुख्ने, कब्जियत हुने जस्ता समस्या हुन्छ ।
हतारमा खाने
अहिलेको दौडधुपको समयमा मानिस यति व्यस्त हुन्छन् किनकि खाना खान पनि समय हुँदैन । हतारमा खाँदा मस्तिष्क र पेटको सम्बन्ध विकास हुँदैन । पाचन रसहरु पनि कम उत्पादन हुन्छन्, जसले राम्रोसँग पच्न पाउँदैन । खाना बिस्तारै खाँदा हाम्रो पाचन प्रणाली र मस्तिष्कका हार्मोनबीच सही सम्बन्ध स्थापित हुन्छ र मस्तिष्कले हामीले कति खानेकुरा खाने नखाने भन्ने संकेत दिन्छ । आन्द्राले पनि खाना पचाउन सजिलो हुन्छ ।
खानामा ध्यान नदिने
टीभी हेर्दा, कुरा गर्दा वा काम गर्दा धेरैजसो मानिस खानामा ध्यान नदिई खाइरहेका हुन्छन् । जुन बानी पेटको लागि समस्या बन्न सक्छ । यसले चपाउन पनि व्यक्तिले बिर्सिन्छ अनि अत्यधिक खाने गर्छन् । जसले तौल बढ्ने, पेट दुख्ने र अपचको समस्या गराउँछ ।
मीठो खाना धेरै खाने
कसैको बानी कस्तो हुन्छ भने मीठो लागेमा अत्यधिक खाने र नमीठो भए कम खाने । जसले खानेकुराको तालमेल मिल्दैन र पाचनप्रणालीले राम्रोसँग काम गर्न सक्दैन । अत्यधिक खाँदा अनावश्यक तौल बढ्ने, शरीरमा ऊर्जा कम गर्ने र दैनिकी नै पेट भारी बनाएर अस्तव्यस्त गर्न सक्छ ।
खाना खानासाथ हिंडडुल गर्ने
खाना खाइसकेपछि गह्रौं काम गर्नु, हिंडडुल गर्नु राम्रो मानिंदैन शरीरमा अतिरिक्त बोसो जम्नेदेखि रक्तसञ्चारमा पनि गडबड गर्छ । अपचको समस्या हुन सक्छ । आँखा चिम्लेर एकपटक सोच्नुहोस् त, तपाईं खाना खाँदा के के गर्नुहुन्छ ? कसरी खानुहुन्छ ?
सम्भवतः खाना खाँदा मोबाइल चलाउनुहुन्छ, टीभी हेर्नुहुन्छ, गफ गर्नुहुन्छ । कहिले हतारमा खानुहुन्छ, कहिले जबरजस्ती । कहिले भोक नलाग्दै खानुहुन्छ, कहिले चाहिनेभन्दा बढी खाइदिनुहुन्छ । यस्ता हाम्रा थुप्रै आनीबानी छन्, जसले खानपानमा हामी कति लापरवाही छौं भन्ने देखाउँछ । एउटा भनाइ छ, जति मान्छे खाना नपाएर मर्छन् त्यो भन्दा बढी खान नजानेर । आज भोकमरीले जति मान्छेलाई सताएका छन् त्योभन्दा बढी खराब खानपानले पिरोलिएका छन् । खराब खानपानकै कारण मधुमेह, उच्च रक्तचापदेखि क्यान्सरसम्मका जोखिम बढेको चिकित्सकहरु बताउने गर्छन् ।